खरसाङ: तृणमूल कांग्रेस समर्थित युनाइटेड इम्प्लोयी एसोसिएसनले आगामी 12 जनवरीको दिन खरसाङको मन्टिभियट खेल मैदानमा जनसभा गर्ने भएको छ। युनाइटेड इम्प्लोयी एसोसिएसनका सभापति दिलिप सिंह, महासचिव मनोज छेत्री र कार्यकारी सभापति उदय वाइबाले खरसाङमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। उक्त सभामा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक क्षेत्रको जीटीएमा कार्यरत् कर्मचारीहरू उपस्थित रहनेछन् उक्त दिन जीटीए क्षेत्रमा कार्यरत् कर्मचारीहरूको विभिन्न समस्याहरूबारे कोलकोतामा जानकारी गराएका छौं साथै यसबारे कर्मचारीहरूलाई जनाउनको लागि उक्त जनसभाको आयोजना गरिएको सभापति दिलिप सिंहले बताए। उक्त खरसाङको जनसभाको लागि खरसाङ क्षेत्रका कर्मचारीहरूको मुख्य भूमिका रहने तिनले बताए।