तृणमूल युवा नेतालाई धारिलो हतियारले हमला गर्नको साथै गोली चलाएको भाजपा विरूद्ध आरोप

कुचबिहार (निसं): तृणमूल बुथ युवा अध्यक्षमाथि धारिलो हतियारले हमला गर्नको साथै गोली चलाएको भाजपा विरूद्ध आरोप लगाइएको छ। तथापि, गोलीले कसैलाई पनि लागेन। यो घटना कुचबिहारको नाटाबारी विधानसभा अन्तर्गत भजनपुर इलाकामा भएको हो।
प्राप्त जानकारी अनुसार रज्जाक हुसैन नामक उक्त युवा नेता हाल कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा चिकित्साधिन छन्। अर्कोतिर, भाजपा नेतालाई पिस्तोल सहित एउटा भिडियोमा देखा परेको छ। घटनाको खबर पाएर कुचबिहार जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिक अनि कुचबिहारको विजयी उम्मेदवार जगदीश चन्द्र बर्मा बसुनिया घाइते युवा नेतालाई भेट गर्न अस्पताल पुगेका थिए। यस अवधि कुचबिहार जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिकले नाटाबारी भजनपुर इलाकामा पहिला तृणमूल युवा बुथ अध्यक्षलाई गोली हानेको अनि त्यसपछि धारिलो हतियारले हमला गरेको आरोप लगाए। यसको साथै तिनले भाजपा विरूद्ध अभियोग दर्ता गरेको छ।
अर्कोतिर, भाजपाले यी सबै आरोपलाई अस्वीकार गरेको छ। भाजपाले तिनका कार्यकर्ताहरूमाथि हमला गरेको अनि केही कार्यकर्ताहरू घाइते भएको उल्टै आरोप लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *