तृणमूल युवा कङ्ग्रेसद्वारा विधायक शिखा च्याटर्जीको घरअघि धरना प्रदर्शन

सिलगढी : भाजपाका केही नेताहरूले उत्तर बंगाललाई अलग राज्य बनाउने माग गरिरहेका छन्। डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले पनि यसको समर्थन जनाएकी छन्। यसैको प्रतिवादमा आज डाबग्राम-2 अञ्चलको मध्य शान्तिनगर इलाकामा विधायक शिखा च्याटर्जीको घर अघि तृणमूल युवा कङ्ग्रेसका सदस्यहरूले धरना प्रदर्शन गरे। तृणमूल कङ्ग्रेसका युवा नेता रनी पालको नेतृत्वमा सदस्यहरूले हातमा प्ला कार्ड लिएर विरोध प्रदर्शन गरे। यस सम्बन्धमा रनी पालले भने, बंगाललाई विभाजन गर्न दिनेछैनौं, यसको लागि जहाँसम्म जान परे पनि आफूहरू जानेछौँ। यसपछि पनि यस प्रकारको षड्यन्त्र बन्द नगरेको खण्डमा बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। अर्कोतिर, शिक्षा च्याटर्जीले कसैले पनि अलग राज्यको कुरा नगरेको साथै आफूले केवल उत्तर बंगालको विकास हुनुपर्छ भन्ने बयान मात्र दिएको बताइन्। यस अवसरमा युवा नेता रनी पाल लगायत तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *