त्रिपक्षीय वार्ताको मिति ठिक नभई पहाडका तीनजना नेता अंश ग्रहण गर्न आतुर : सांसद राजु विष्ट

सिलगढी : पहाड़को राजनीति स्थायी समाधानलाई लिएर त्रिपक्षीय बैठक हुने भए तापनि यसको मिति हालसम्म तय गरिएको छैन। उक्त त्रिपक्षीय बैठकमा को-को सामेल हुनेछ भन्नेबारे हालसम्म कुनै सूची तयार गरिएको छैन। तथापि उक्त त्रिपक्षीय बैठकमा गोजमुमो अध्यक्ष बिमल गुरुङ, अनित थापा र विनय तामाङ अंश ग्रहण गर्नको लागि तयारीमा रहेको कुरा आज बाघडुग्रा विमानअड्डा परिसरमा दार्जिलिङका सांसद राजु विष्टले बताए। तिनले पहाडका विपक्षी दलहरूका नेताहरूलाई कटाक्ष कस्दै भने, विवाहको लागि मिति तय भएको छैन तर यहाँ बेहुलाहरूको लाइन लागिसकेको छ। तिनले बताएअनुसार त्रिपक्षीय बैठकमा को-को लाई बोलाइनेछ भन्ने कुरा गृह मन्त्रालयले निर्णय लिनेछ। तर हालसम्म गृह मन्त्रालयको तर्फबाट उक्त त्रिपक्षीय बैठकलाई लिएर कुनै मिति तय गरेको छैन तर पहाड़का तीनजना नेताहरूले बैठकको तयारी गरिरहेका छन्। उक्त बैठकमा पहाडका यी तीन नेतालाई बोलाइनेबारे हालसम्म कुनै निश्चित नरहेको तिनले बताए। यसैगरी, सांसद विष्टले तृणमूल कङ्ग्रेसको खेला होबे दिवस’-लाई केन्द्र गरेर वास्तवमा यो फुटबल म्याचको लागि नभएर यो एउटा उत्तेजना मूलक शब्द रहेको बताए। यस प्रकारको शब्दको प्रयोग कुनै पनि राजनीतिक पार्टीले गर्न उचित नरहेको तिनले बताए। तिनले अझ भने, आजकै दिन अर्थात् 16 अगस्तको दिन कोलकातामा 15 हजार मानिसहरूको मृत्यु भएको थियो भने 1 लाख मानिसहरू घरविहीन भएका थिए। यसैले गर्दा आज भाजपाले गणतन्त्रता दिवसको रूपमा पालन गरिहेको छ। सांसद राजु विष्टले त्रिपुराको घटनाको निन्दा गर्दै तृणमूल कङ्ग्रेसले शान्त रहेको त्रिपुरालाई अशान्त बनाउने प्रयास गरिरहेको बताए। यसको साथै तृणमूल कङ्ग्रेसले बंगालबाटै त्रिपुरामा अशान्ति फैलाउने षड्यन्त्र गरिरहेको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom girişdeneme bonusuDeneme Bonusu Veren Sitelercasibom giriş