खरसाङ (निसं): दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिसनको सभा आज खरसाङको गिद्ध पहाड़स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो। उक्त सभामा चर्चा-परिचर्चा गरेपछि नदीका घाटहरू बन्द गरिएको विरोधमा भोलि शुक्रबारदेखि ट्रकहरू पहाड़ बन्द गरिने निर्णय गरिएको छ। सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पदाधिकारीहरूले गिटी, बलुवा ल्याउनलाई नदीको घाट नै बन्द गरिएपछि ट्रक चालकहरू र मालिकहरूमा धेरै समस्या हुने भएकोले शुक्रबारदेखि ट्रकहरू नकुदाउने भएको छ। नदीको घाटहरू कुनै सूचना वा कुनै नोटिफिकेशनबिना नै बन्द गरिएको भन्दै भोलि शुक्रबारदेखि ट्रकहरू बन्द गरिने भएको छ। यस विषयमा पत्रकार सम्मेलन बोलाएर दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको उप सभापति दर्पण सिंह र सभापति मन्ना त्रिखत्रीले विस्तृत रूपमा बताएका छन्।