ट्राईब्रेकरमा जर्जियन एफसीलाई पराजित गरेर दार्जिलिङ पुलिस फाइनलमा प्रवेश

सिलगढी : निर्धारित समयसम्म दुवै टोलीले 1-1 गोल गरेपछि अन्तमा खेलाइएको हाई भोल्टेज ट्राइब्रेकर सडेनडेथमा जर्जियन एफसीलाई पराजित गरेर दार्जिलिङ पुलिस टोली फाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको पहिलो सेमिफाइनल म्याचमा दार्जिलिङ पुलिसको तर्फबाट खेलको 35औँ मिनटमा सिद्धान्त छेत्रीले अनि खेलको अन्तिम समय 89औँ मिनटमा जर्जियनका खेलाडी विशाल छेत्रीले दर्शनीय गोल गरेर स्कोर बराबरी 1-1 मा पुर्‍याएपछि निर्धारित समय समाप्त हुँदा यसपछि ट्राइब्रेकर खेलाइयो।


उक्त हाई भोल्टेज ट्राईब्रेकरको सडनडेथमा दार्जिलिङ पुलिसले जर्जियन एफसीलाई पराजित गर्यो भने दार्जिलिङ पुलिस फाइनलमा पुग्न सफल बन्यो। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने दार्जिलिङ पुलिसका खेलाडी धीरज बीकेलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। भोलि शुक्रबारको दोस्रो सेमिफाइनल खेल परिमल नगर सिलगढी बनाम डीएसए डुवर्समाझ भिडन्त हुनेछ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *