सिलगढी : सिलगढीका विधायक शंकर घोषलाई सोशल मीडिया मार्फत् एकजना युवकले मार्ने धम्की दिएको आरोप उठेको छ। यसपछि विधायक शंकर घोषले सिलगढी थानामा लिखित अभियोग दर्ता गरेका छन्। कालियागञ्ज काण्डलाई लिएर विधायक शंकर घोषले आफ्नो ट्विटर हेन्डलमा एउटा पोस्ट गरेका थिए। एकजना युवकले उक्त पोस्टमा चाँडोभन्दा चाँडो पक्राउ गरेर मार्नु आवश्यक रहेको भन्दै लेखेका थिए। यसपछि विधायक शंकर घोषले आज सिलगढी थानामा गएर आईसीसित भेट गरेर उक्त युवकविरुद्ध लिखित अभियोग दर्ता गरेका छन्। तिनीसित अन्य विधायक पनि थानामा गएका थिए। धम्की दिने युवकले तृणमूलको पक्षमा धेरैवटा पोस्ट गरेको तिनले बताए।
