उच्च माध्यमिक परीक्षामा फेल भएका विद्यार्थीहरूद्वारा सिलगढीमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन

सिलगढी : उच्च माध्यमिक परीक्षामा फेल भएका सिलगढीको विभिन्न स्कुलका विद्यार्थीहरूले पास गराउने माग गर्दै विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शनले साधारण मानिसहरूले निक्कै असुविधा भएको देखियो। आज बिहान चम्पासरीको श्रीगुरू विद्यामन्दिर हाई स्कुल र मार्गरेट स्कुलका केही विद्यार्थी विक्षोभ प्रदर्शन गरे। राम्रोसँगले उच्च माध्यमिक परीक्षा गरे तापनि आफूहरूलाई फेल गराइदिएको विक्षोभकारी विद्यार्थीहरूको आरोप रहेको छ। अर्कोतिर, दिउँसो हासमी चोक तराई तारापद आदर्श विद्यालय, फुलबारी उच्च विद्यालय, शक्तिगढ स्कुल, बाल्मिकी विद्यापीठ लगायत अन्य केही स्कुलको फेल भएका विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षामा पास गराइदिने माग गर्दै हासमीचोक अवरोध गरेर केही समयसम्म विक्षोभ प्रदर्शन गरे। यसपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो। विक्षोभकारी विद्यार्थीहरूको बताएअनुसार यस वर्षको उच्च माध्यमिक परीक्षामा सबै स्कुलका धेरैजना विद्यार्थीहरू फेल भएका छन्। यसको पछि कुनै कारण रहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *