उच्च माध्यमिकको रहल परीक्षा 2, 6 र 8 जुलाईमा

सिलगढी : उच्च माध्यमिक परीक्षाको रहल 3 वटा विषयको परीक्षा अब आगामी 2, 6 र 8 जुलाईको दिन सम्पन्न हुने भएको छ। सिलगढीको सर्किट हाउसमा आज सम्पन्न भएको बैठक अवधि उक्त निर्णय लिएको छ। बैठकमा दार्जिलिङ जिल्लाका शिक्षा विभागीय पदाधिकारीगण, जिल्लाशासक, महकुमा अधिकारी लगायत विभिन्न राजनैतिक दलका शीर्ष नेताहरू तथा प्रशासनिक अधिकारीहरू उपस्थित थिए। बैठकमा लिइएको निर्णय अनुसार विद्यार्थीहरूको निम्ति पूर्व जारी निर्देश अनुसार पहिलाकै परीक्षा केन्द्रहरूमा परीक्षा सम्पन्न हुनेछ। यसबाहेक, विद्यार्थीहरूको निम्ति केही आवश्यक गाइड लाइन जारी गरिएको छ भने ती परीक्षा केन्द्रहरूमा पूर्ण रूपले सेनिटाइज गरिनुको साथै विद्यार्थीहरूले सामाजिक दूरी बनाइ राख्नपर्नेछ। यसबाहेक विद्यार्थीहरूलाई परीक्षा केन्द्र भवनसम्म पुग्नको निम्ति विभागीय पक्षबाट केही पहल गरिदिने बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş