सिलगढी, 18 मार्चः यस वर्षको उच्च माध्यमिक परीक्षा आज समाप्त भयो। परीक्षा समाप्त भएपछि, परीक्षार्थीहरू अबीर खेलमा मस्त भएको देखियो। गत 3 मार्चदेखि शुरू भएको यस वर्षको उच्च माध्यमिक परीक्षा आज 18 मार्चको अन्तिम परीक्षासँगै समाप्त भएको छ। यस वर्षको उच्च माध्यमिक परीक्षा सफलतापूर्वक सम्पन्न भयो। आज परीक्षा सकेपछि परीक्षार्थीहरूलाई परीक्षा केन्द्रबाट हाँस्दै बाहिर निस्किँदै गरेको देखियो। त्यसपछि नै तिनीहरू आफ्ना साथीहरूसँग खुशी मनाउँदै अबीर खेल्न थाले।
यस अवसरमा परीक्षार्थीहरूले खुशी हुँदै भने, “परीक्षाको लागि जस्तो प्रकारले तयारी गरेका थियौं, प्रश्नपत्र पनि त्यस्तै आएको थियो। हामी आशावादी छौं, परीक्षाफल निक्कै राम्रो हुनेछ।”