उचित भाडाको मागमा नर्थ बेङ्गल ट्याङकर अर्नस एसोसिएसन-द्वारा धरना

सिलगढी: नर्थ बेङ्गल ट्याङकर अर्नस एसोसिएसनले उचित भाडाको मागमा गत 3 दिनदेखि आन्दोलन गरिरहेको छ। प्राप्त जानकारीअनुसार गत शनिबारदेखि एनजेपी इन्डियन ओयलको गेट अघि नर्थ बेङ्गल ट्याङकर ओनर्स एसोसिएसनले लगातार धरना प्रदर्शन गरिरहेको छ। यसको साथै तिनीहरूले आपतकालीन बाहेक अन्य सबै परिसेवा बन्द राखेको बताइएको छ। संगठनका प्रसनजीत रायले बताएअनुसार गत 2014-मा इन्डियन ओयल कर्तृपक्षले तोकिएको भाडा प्रदान गर्थ्यो तर 2021-मा टेन्डर प्रक्रियाको माध्यमद्वारा त्योभन्दा कम्ती मूल्य दिने निर्णय लिएपछि ट्याङकर मालिक तथा चालकहरू समस्यामा परेका छन्। हाल कर्तृपक्षले भाडा वृद्धि नगरे तापनि पुरानै भाडा प्रदान गरियोस् भन्ने तिनले बताए। यदि तिनीहरूको माग पुरा नगरे वृहत् आन्दोलन गर्ने नर्थ बेङ्गल ट्याङकर अर्नस एसोसिएसनले चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom 760 girişjojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet giriş