सिलगढी : उद्धार गरेको काङ्गरूहरू कमजोर रहेकोले सिलगढीको बेङ्गल सफारी पार्कमा 3 वटा काङ्गरूलाई स्लाइन लगाएर उपचार चलिरहेको छ। उक्त काङ्गरूलाई केही दिन बङ्गाल सफारी पार्कमै राखेर उपचार गरेपछि ती काङ्गरूहरूलाई कोलकाताको आलिपुर चिडियाखानामा पठाउने छ अथवा छैन भन्ने विषयमा निर्णय लिइने बताइएको छ। उक्त काङगरूको बच्चाहरूलाई केही दिनदेखि खानेकुरो नदिएकोले गर्दा नै तिनीहरू कमजोर भएको हो। अर्कोतिर, मरेको अवस्थामा उद्धार गरिएको काङ्गरूको पोस्टमार्टम गरिने बताइएको छ। हाल उपचाराधीन अवस्थामा रहेको काङ्गरूहरूलाई स्वस्थ भएपछि बेङ्गल सफारी पार्कमै राखिनेछ नभए दार्जिलिङ पार्क तथा कोलकाताको आलिपुर चिडियाखानामा पठाइने बताइएको छ।
