कालेबुङ : गैर सरकारी संस्था ‘उहाँको अँगालो’ नामक झुण्डले कालेबुङको कुष्ठ रोगी अस्पतालमा भ्रमण गरेका छन्। यस अवधि उक्त टीमले दिउँसोको भोजन खुवाउँदै एक-एकवटा न्यानो ब्लाङ्केट पनि वितरण गरे। उहाँको अगाँलो नामक यस संस्थाले कुष्ठ रोगी अस्पताल आएर भेटघाट अनि केही सहयोग पुराएको यो दोस्रो पटक हो रहेको जानकारी प्राप्त भएको छ। कालेबुङ बजारको बाटो ( फुटपाथ ) मा सुत्नेहरूलाई पनि राति बाटो-बाटोमा गएर खाना खुवाउँदै न्यानो ब्लाङ्केट ओढाई दिए। उहाँको अँगालो नामक संस्थाको मुख्य लक्ष्य नै मानिसहरूलाई प्रेमसहितको न्यानो अँगालोमा राख्नु रहेको जानकारी अमित सिङ्गोकले दिएका छन्।