युक्रेनमा नै फँसे खोरीबारीका विद्यार्थी अरविन्द छेत्री, परिवार चिन्तित

खोरीबारी: युद्धग्रस्त युक्रेनमा खोरीबारीको दूधगेट निवासी मेडिकल छात्र अरविन्द छेत्री पनि अझसम्म फँसेका छन्। अरविन्द यूक्रेनको लविभ नेशनल मेडिकल यूनिभर्सिटीमा हाल तेस्रो वर्षमा अध्ययनरत् छन्।  गत वर्षको अगस्तमा घर आएपछि अरविन्द फेरि युक्रेन फर्किएको थियो। परीक्षाको तयारी गरिरहेकोले गर्दा तिनी युद्धग्रस्त यूक्रेनमा फँसिएको छ भने तिनका परिवारका सदस्यहरू चिन्तित बन्न पुगेका छन्। अरविन्दको पारिवारिक सूत्र अनुसार होस्टलबाट आफ्ना साथीहरूसित पोल्याण्डको सीमासम्म पुगे तापनि अरविन्दहरूले युक्रेनको सिमाना पार गर्न पाएनन् अनि फेरि अरविन्द लगायत 7 जना विद्यार्थीहरू होस्टलमै फर्किए। अरविन्दले आफ्नो आमासित फोनमार्फत भारत सरकारले छोरालाई चाँडै फर्काउने अपील गरोस् भनी बताएका छन्। अरविन्द यूक्रेनमा नै फँसेको थाहा पाएपछि आज स्थानीय तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले अरविन्दको परिवारका सदस्यहरूसित भेट गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *