युनाइटेड आशा वर्कर्स वेलफेयर अर्गनाइजेशन कमिटी गठन

सोनादा : आज गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा)ले रङ्गबुल धोतरिया समष्टी अन्तर्गत पर्ने आशाकर्मीहरुलाई लिएर दावा माइला डुक्पाको सभापतित्वमा गोर्खा बस्ती सार्वजनिक भवनमा एक सभा सम्पन्न गर्यो। सभामा आशाकर्मीहरुले भोग्नु परिरहेको समस्याहरुमाथि चर्चा परिचर्चा गरियो। जीटीए बीओए सदस्या अनु प्रधान र गोजमुमो केन्द्रीय सदस्य राजेस चौहानको उपस्थितिमा सबैको सहमति अनुसार गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) को भातृ संगठनको रूपमा आशाकर्मीहरुलाई मात्र लिएर “युनाइटेड आशा वर्कर्स वेलफेयर अर्गनाइजेशन” कमिटी गठन गरियो। युनाइटेड आशा वर्कर्स वेलफेयर अर्गनाइजेसन रङ्गबुल धोतरिया समष्टी कमिटीमा सभापति हेमलता प्रधान, उप सभापति डिक्की लेप्चा, सचिव सुरेखा छेत्री, सह-सचिव सरोजा तामाङ लगायत अन्य  सदस्यहरू चयन गरियो। गोजमुमो केन्द्रिय सदस्य राजेश चौहान, गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रिय सदस्य एवम् जीटीए बीओए सदस्या अनु प्रधान छेत्री, रङ्गबुल धोतरिया समष्टीकी पूर्व अध्यक्ष अमिर राई आदि सभामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş