फाँसीदेवा, 17 अप्रेल (निसं): उपचारको क्रममा लापरवाही गरेको कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै फाँसीदेवा ग्रामीण अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भयो। मृतकको नाम मोहम्मद तमीजुद्दीन हो, जो फाँसीदेवाको कालू जोतका वासिन्दा थिए।
जानकारी अनुसार, उनलाई तीन दिनअघि पेटको समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। सरकारी ग्रामीण अस्पतालमा भर्ना गरिएपछि पनि उनलाई कुनै उपचार सुविधा दिइएन, र बिरामीलाई बिना उपचार त्यत्तिकै राखिएको थियो, जसल गर्दा तिनको बिहीवार मृत्यु भएको आरोप लगाइएको छ। तिनको मृत्यु पछि स्थिति झनै तातियो।
अर्कोतर्फ, घटनाको खबर पाउने बित्तिकै फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगे। यसैगरी, सिलगढी महकुमा परिषद्का अध्यक्ष आइनुल हक पनि घटनास्थलमा आइपुगेका थिए। शवलाई पोष्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ।
फाँसीदेवा ब्लक स्वास्थ्य अधिकारी डा. शाहीनूर इस्लामले भने, “कुनै लापरवाही भएको छैन, बिरामीको मृत्यु हार्ट एट्याकको कारण भएको हो।”