नयाँ दिल्ली : देशका उपराष्ट्रपति जगदीप धनखडले आज 14औँ उपराष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। पश्चिम बङ्गालका पूर्व राज्यपाल जगदीप धनखडलाई आज राष्ट्रपति भवनमा नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद अनि गोपनीयताको शपथ दिलाए। यस अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह आदि प्रमुख रूपमा उपस्थित थिए। शपथ लिन अघि उपराष्ट्रपति धनखड राजघाट पुगेर राष्ट्रपिता महात्मा गाँधीको समाधिमा श्रद्धाञ्जलि अर्पण गरे। धनखडले गत 6 अगस्तको दिन सम्पन्न चुनाउमा विपक्षी उम्मेद्वार मार्गरेट अलवालाई धेरै मतदानको अन्तरले पराजित गरेका थिए।
