उप-राष्ट्रपति एम वेङ्कया नायडु दुई दिने सिक्किम भ्रमणमा

गान्तोक : देशका उप-राष्ट्रपति एम वेङ्कया नायडु दुई दिने सिक्किम राज्यको भ्रमणमा आज गान्तोक आइपुगे। आज तिनी विमान मार्फत् सेनाको हेलिप्याड लिभिङमा ओर्लिएपछि सिक्किम राज्यका गर्भनर गङ्गा प्रसाद, मुख्यमन्त्री प्रेम सिंह तामाङ, स्पिकर एलबी दास लगायत सिक्किम सरकारका विभिन्न विभागीय मन्त्री, सांसद, प्रमुख सचिव, डीजीजी, डीसी ईस्ट, एसपी ईस्ट तथा राज्यका अन्य केही शीर्ष पदाधिकारीहरूले तिनलाई स्वागत जनाउँदै न्यानो अभिवादन गरे।


यसपछि सिक्किम आर्म्ड पुलिसद्वारा गार्ड अफ् अर्नर दिएपछि उपराष्ट्रपति सोझै सुरक्षा व्यवस्थाबीच गान्तोकस्थित राजभवन प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *