अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा सिलगढीका एकजना शिक्षक पक्राउ

राजगञ्ज : अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा पुलिसले सिलगढीका एकजना शिक्षकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका शिक्षक पंकज कुमार बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पंकज कुमार बर्मन सिलगढी बरदाकान्त विद्यापीठको संस्कृतका शिक्षक हुन्। कुचबिहार निवासी भए तापनि तिनी सिलगढीको 16 नम्बर वार्डस्थित हाकिमपाडामा परिवारको साथमा बस्दै आइरहेका छन्। आमबारी आउटपोस्ट पुलिसले हिजो तिनलाई घरबाटै पक्राउ गरेको बताइएको छ। घटनाक्रमअनुसार, आमबारी आउटपोस्टमा अप्पर प्राइमेरीमा नोकरी लगाइदिने प्रलोभन देखाएर केही लाख रुपियाँ लिएको अभियोग दर्ता गरिएको थियो। उक्त घटनामा आमबारी चिन्तामोहन उच्च विद्यालयको बङ्ग्लाको शिक्षक सन्तोष बर्मनलाई पक्राउ गरेपछि अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। सन्तोष बर्मनसित पुलिसले सोधखोज गर्दा पंकज कुमार बर्मनको नाम अघि आएपछि पुलिसले हिजो तिनलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/