सिलगढी, 22 अक्टोबर (निसं): रातको समय चोरी-डकैती सहित आपराधिक गतिविधिहरूलाई रोक्नका लागि सिलगढी थानाको पुलिसले बाइकमा गस्ती सुरू गरेको छ। प्राप्त जानकारी अनुसार, शहरको सुरक्षाको दृष्टिकोणले सिलगढी थानाका पुलिस कर्मचारीहरूले रातिको 11 बजेदेखि बाइकमा चढेर सडकमा गस्ती गर्न थालेका छन्।
सिलगढी जिल्ला अस्पतालदेखि लिएर शहरका महत्वपूर्ण स्थानहरू र गल्ली-मोहल्लामा निगरानी राखिएको छ। यदि सडकमा कुनै संदिग्ध व्यक्तिसँग भेट हुँदा पुलिसकर्मीहरूले तिनीहरूसित सोधखोज गर्ने गरेको छ। यस प्रकारको गश्ती रातको समयमा बाइकमा सवार भएर सिलगढी थानाका पुलिसले दैनिक रूपमा जारी राख्ने बताइएको छ।