उत्तरबङ्गाल मेडिकल कलेजमा नयाँ बर्न वार्डको उद्घाटन

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा आज उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा नयाँ बर्न वार्डको रोगी कल्याण समितिका चेयरम्यान रूद्रनाथ भट्टाचार्यले विधिवत् रूपमा उद्घाटन गरे। फिमेल सर्जीकल वार्डभित्र निर्माण उक्त नयाँ बर्न वार्डमा नयाँ मिसिनहरूलगायत, नयाँ बेड, बाथरूम एवम् पिउने पानीको व्यवस्था रहेको तिनले बताए।


अस्पतालका सुपर कौशिक समाजदारले बताएअनुसार एमरजेन्सी वार्डभित्र रहेको पुरानो बर्न वार्डमा रोगीहरूको लागि सटीक व्यवस्था नरहेको साथै आधुनिक मसिनहरू नरहेकोले गर्दा नै यसलाई केन्द्र गरेर आज नयाँ वार्डको व्यवस्था गरिएको हो। यसको साथै उक्त नयाँ बर्न वार्डमा 9 वटा बेड रहेको साथै जलेका नानीहरूको लागि पनि उचित व्यवस्था रहेको तिनले बताए। स्मरण रहोस्, उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालको एमरजेन्सी एमसीडब्ल्यु वार्डको पुरानो बर्न वार्डमा रोगीहरूको लागि केवल 5 वटा बेड मात्र रहेको थियो भने त्यहाँ कुनै प्रकारको आधुनिक मसिनलगायत अन्य सुविधाहरू थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom