उत्तर सिक्किममा सेनाको वाहन दुर्घटना: 16 जनाको मृत्यु, 4 जना घाइते

गान्तोक : उत्तर सिक्किममा भएको भयावह वाहन दुर्घटनामा परेर भारतीय सेनाका 16 जना जवान सहिद भएका छन्। प्राप्त जानकारी अनुसार उत्तर सिक्किमको चातेनदेखि छाङ्गुतर्फ गइरहेको समय जेमामा उक्त दुर्घटना हुँदा सेनाको वाहन सडकदेखि धेरै मुनि पुगेको छ भने उक्त वाहनमा सवार 16 जना भारतीय सेनाका जवानहरूको मृत्यु भएको बताइएको छ।


घटनापछि तत्कालै उद्धार कार्य गरेपछि घटनास्थलबाट 4 जना सेनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारको निम्ति नजिकैको अस्पतालमा पठाएको छ। सैन्य सूत्रमार्फत् थाहा लागेअनुसार दुर्घटनामा परेर प्राण गुमाउनेहरूमा 3 जना जुनियर कमिशन अफिसर अनि 13 जना जवानहरू सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *