सिलगढी : राज्यपाल सीभी आनन्द बोसलाई आज उत्तरबंग विश्वविद्यालयमा तृणमूल छात्र परिषदका सदस्यहरूले कालो झण्डा देखाउनको साथै विभिन्न नाराहरू लगाए। राज्यपाल आज एनजेपी स्टेसनमा ओर्लिएपछि त्यहाँबाट सोझै उत्तरबंग विश्वविद्यालयमा गए। तिनी उत्तरबंग विश्वविद्यालयको उप-कुलपतिको कार्यालयमा पुगे। त्यस समय एक्जुकेटिभ काउन्सिलको मीटिङ चलिरहेको थियो। मीटिङ अवधि नै राज्यपालले उपकुलपतिसित लगभग घण्टौँसम्म कुराकानी गरे। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपालले भने, राज्यमा कति चरणमा पञ्चायत चुनाउ सम्पन्न हुनेछ त्यसको लागि राज्य निर्वाचन आयुक्त नियुक्त गरिएको छ। विश्वविद्यालयबाट बाहिर निस्कने क्रममा तृणमूल छात्र परिषदका सदस्यहरूले राज्यपाललाई कालो झण्डा देखाएर विभिन्न नारा लगाए।