सिलगढी : भर्खरै मात्र जानकारी पाए अनुसार उत्तर बंगाल विश्वविद्यालयको क्याम्पस परिसरबाट आज झुन्डिएको अवस्थामा उद्धर भएको व्यक्तिको शव चिन्हित गरिएको छ। मृतक व्यक्ति सिलगढी राङ्गापानीको निर्मलजोत निवासी सुचित्र सरकार (50)-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत मङ्गलबार सुचित्र सरकार कामको लागि घरबाट निस्केपछि निखोज भएका थिए। यसपछि परिवारका सदस्यहरूले तिनी निखोज भएकोबारे फाँसीदेवा थानामा एउटा अभियोग दर्ता गरेका थिए। आज उत्तर बंगाल विश्वविद्यालयको क्याम्पस परिसरबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धर भएको छ।
