उत्तर बंगालका प्रशासनिक अधिकारीहरूसित राज्यका एडीजी (आईबी) नीरज कुमार सिंहको महत्वपूर्ण बैठक

सिलगढी : सुरक्षा व्यवस्था तथा ल एन्ड अर्डर सम्बन्धित विभिन्न विषयहरूलाई लिएर आज सिलगढी सर्किट हाउसमा राज्यका एडीजी (आईबी) नीरज कुमार सिंहले उत्तर बंगालका आईजी, पुलिस कमिश्नर र प्रशासनिक अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उल्लेखनीय छ, हाल उत्तर बंगालको केही क्षेत्रहरूमा राजनीतिक हिंसा भइरहेकोले गर्दा राज्य सरकार असुविधामा परिरहेको छ। भाजपाले यसको जाँचको लागि केन्द्रबाट एउटा टोली उत्तर बंगालमा पठाएको छ। यसैलाई ध्यानमा राखेर आज एउटा महत्वपूर्ण बैठक गरिएको बताइएको छ। बैठकपछि नर्थ बंगालका आईजी डीपी सिंहले एडीजी (आईबी) नीरज कुमार सिंहको नेतृत्वमा को-अर्डिनेशन मीटिङको आयोजना गरिएको बताए। उक्त बैठकमा नर्थ बेङ्गालका सबै आईजी तथा तिनको संलग्न क्षेत्रका प्रशासनिक अधिकारीहरू उपस्थित थिए। बैठकमा आईबी विभागका आईजी ओजी पल, सिलगढी पुलिस कमिश्नर गौरव शर्मा, दार्जिलिङ रेञ्जका डीआईजी अमित पी जबालगी, एसटीएफ एसपी जसप्रीत सिंह, इस्लामपुरका एसपी लगायत अन्य प्रशसनिक अधिकारीहरू  उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *