उत्तरी सिक्किममा पैह्रोमा फँसेका 500 जना पर्यटकहरूलाई सकुशल उद्धार गरे सेनाका जवानहरूले

सिक्किम : सिक्कममा अत्याधिक वर्षाले गर्दा पैह्रो गएपछि सडक अवरूद्ध बनेर पर्यटकहरू समस्यामा परेका छन्। सडकमा अड्केका लगभग 500 जना पर्यटकहरूलाई भारतीय सेनाका जवानहरूले उद्धार गरे। सिक्किमको लाचेन, लाचुङ र चुङथाङमा अत्याधिक पानी परेकोले गर्दा पैह्रो गएपछि त्यहाँ घुम्न आएका पर्यटकहरू समस्यामा परेका छन्। यसपछि भारतीय सेनाका जवानहरूले उद्धार कार्य चलाएर पैह्रोमा फँसेका सकुशल त्यहाँबाट उद्धार गरेको बताइएको छ।


पर्यटकहरूमध्ये 216 जना पुरुष, 113 जना महिला र 54 जना नानीहरू सामेल छन्। राति तीनवटा भिन्ना-भिन्नै सेनाको क्याम्पमा पर्यटकहरूलाई राख्ने व्यवस्था गरेको थियो। सेनाको तर्फबाट पर्यटकहरूलाई न्यानो लुगाफाटा, खानेकुरो साथै उपचारको पनि व्यवस्था गरेको थियो। अर्कोतिर, गुरूदोङ्मार लेकमा घुम्न गएकी एउटी महिला पर्यटक अस्वस्थ्य भएकी छन्। तिनलाई गम्भीर टाउको दुखाइ र चक्कर आउने समस्या रहेको बताएपछि सेनाको तर्फबाट तत्कालै तिनको उपचारको व्यवस्था गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *