उत्तरकन्याअघि चक्का खोलिएपछि डिभाइडरसित ठोक्कियो वाहन

सिलगढी (निसं): वाहनको चक्का खोलिएपछि वाहन सडक बीचमा रहेको डिभाइडरसित ठोक्किँदा वाहनमा सवार 2 जना व्यक्ति घाइते भएका छन्। यो घटना सिलगढी संलग्न उत्तरकन्याअघि घटेको हो। प्राप्त जानकारी अनुसार आज अपरान्ह एउटा वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय उत्तरकन्या इलाकामा वाहनलाई ओभरटेक गर्ने क्रममा उक्त वाहनको चक्का खोलिएपछि अनियन्त्रित भएर वाहन सडक बीचमा रहेको डिभाइडरमाथि चढ्दा वाहनमा सवार 2 जनालाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र फूलबारी हाईवे ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लगेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş