उत्तरकन्या मोड इलाकामा 2 वटा वाहन ठोक्किँदा 2 जना घाइते

फुलबारी (निसं): दुईवटा मालवाहक वाहन आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। उक्त घटना गत राति सिलगढी संलग्न फुलबारीको उत्तरकन्या मोड इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार फुलबारीबाट एउटा ट्रेलर वाहन सिलगढीतर्फ गइरहेको समय उत्तरकन्या मोडमा सिलगढीतर्फबाट आइरहेको एउटा कन्टेनरसित ठोक्किँदा 2 जना घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगिएको छ। अर्कोतिर, घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर दुवै वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş