अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कमाख्यागुड़ी निवासी श्यामाप्रसाद दास पेशाले भ्यान चालक हुन्। समाजलाई थेलेसिमिया मुक्त गराउने उद्देश्य लिएर तिनले धेरै समय अघिदेखि विभिन्न ठाउँहरूमा थेलेसिमियाबारे प्रचार गर्दै आइरहेका छन्। आफ्नो उक्त लक्ष्यलाई पुरा गर्नको लागि तिनले थेलेसिमियाको लागि एउटा चिकित्सा केन्द्र स्थापित गर्ने पहल गरेका छन्। तिनले आज आफ्नो जन्मदिनको अवसरमा उक्त चिकित्सा केन्द्र बनाउनको लागि आफ्नो जमिनबाट 2 डेसिमिल जमीन दिएर चिकित्सा केन्द्र निर्माणको शिलान्यास गरे। तिनले इलाकाका मानिसहरूलाई थेलेसिमियाको परीक्षण र उपचारको लागि एउटा भवनको आवश्यकता रहेकोले गर्दा आफ्नो पहलमा इलाकामा एउटा थेलेसिमिया चिकित्सा केन्द्रको निर्माण गर्ने इच्छा रहेकोले आज यसको शिलान्यास गरे। उक्त चिकित्सा केन्द्रमा एकजना चिकित्सकलाई राखेर आउँदो दिनमा इलाकाका थेलेसिमिया पीड़ित मानिसहरूलाई निःशुल्क जाँच गरिने बताए।