भेरिफाइड स्वयंसेवक शिक्षक-शिक्षिकाहरूलाई स्थायीकरण गरिनु पर्ने मागमा विक्षोभ प्रदर्शन साथै डीआई-लाई चढायो ज्ञापन

दार्जिलिङ (निसं): जीटीए क्षेत्रको विभिन्न स्कूलहरूमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आइरहेका लेफ्टआउट भेरिफाइड स्वयंसेवक शिक्षक-शिक्षिकाहरूलाई स्थायीकरण गर्नु पर्ने अनि मात्र पहाडमा एसएससी लागू गरिनु पर्ने जीटीए लेफ्ट आउट भोलेण्टियर टिचर्स युनाइटेड अर्गनाइजेशनले माग गरेको छ। उक्त मागलाई लिएर आज लेफ्टआउट भेरिफाइड भोलेन्टीयर्स टिचर्स संगठनले दार्जिलिङस्थित जिल्ला स्कूल निरीक्षकको कार्यालय घेराव गर्नको साथै कार्यालय अघि धरना प्रदर्शन पनि गरे। संगठनको पक्षबाट आज विभिन्न मांगलाई लिएर जिल्ला स्कूल निरीक्षकको ज्ञापन पत्र पनि बुझाए। तिनीहरूले दार्जिलिङ जिल्ला स्कूल निरीक्षकलाई 2 दिनको अल्टीमेटम पनि दिएका छन्।


जीटीएको दार्जिलिङ र कालेबुङ जिल्लामा छोडिएका भोलेन्टीयर्स टिचरहरूका 2020-21 मा नै सुकनामा भेरिफिकेशन भइसकेको भए पनि अहिलेसम्म पनि कुनै उत्तर नआएको संगठनको सदस्य बिशाम राईले बताएका छन्। कुनै उत्तर नआएपछि आज सबैजना भेला भएर किन भेरिफिकेशनमा यत्ति समय लागेको भन्ने प्रश्नको उत्तर खोजिएको पनि तिनले बताएका छन्। तिनले अझ भने, हामीले पहाड़मा रिजनल एसएससी लागु गराउने कुराको विरोध गरेको होइन, जुन अहिले लागू हुनेवाला छ। तर हामीले धेरैवटा स्कूलहरूमा विगत 6-7 वर्षदेखि आफ्ना योगदान दिँदै आइरहेका छौं। त्यसैले पहिला हाम्रो समस्या समाधान होस्, त्यसपछि एसएससी लागू गरियोस्। हामी सबै यहाँ भेला भएको कारण नै हाम्रो समस्या समाधान होस् भनेर हो तर हामी कुनै हिंसा नगरी लोकतान्त्रिक पद्धतिमा विरोध गर्दछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş