विनय तामाङले जीटीए चेयरम्यान रिलिफ फन्डको रकमबारे उठाए प्रश्न

सिलगढी : दार्जिलिङ पहाडका चियाकमानका श्रमिकहरूको निम्ति भूतपूर्व जीटीएको चेयरम्यान अनित थापाको पहलमा उठाएको जीटीए चेयरम्यान रिलिफ फन्डको रकम 2 करोड 12 लाख बारे जीटीएका पूर्व अध्यक्ष विनय तामाङले प्रश्न गरेका छन्। तिनले चेयरम्यान रिलिफ फन्डको रकम आउँदो दसैँ-तिहार अघि नै सम्बन्धित मानिसहरूसमक्ष वितरण गरेको हुनुपर्ने बताएका छन्। गोरूबथानमा आयोजित एउटा सभामा हिजो विनय तामाङले यस प्रकारको प्रश्न खडा गर्दै तिनले भने, म पनि एकजना दानकर्ता हुँ अनि त्यो रकम कहाँ गयो। त्यो मलाई सोध्ने अधिकार छ। यसैगरी, तिनले जीटीएका कतिपय इञ्जिनियर अनि अफिसरहरूमाथि पनि प्रश्न खड़ा गरेका छन्। जीटीएको कुर्सीमा बसेर कतिपय इञ्जिनियर तथा शीर्ष अधिकारीहरूको कुनै एउटा निश्चित दलको निम्ति कार्य गरेको आरोप लगाएका छन्। यदि भविष्यमा पनि ती आरोपित व्यक्तिहरूले त्यस्तो कार्य गरे न्यायलयको ढोका ढकढकाउने समेत विनयले तिनीहरूलाई चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *