विवाहको प्रलोभन देखाएर प्रेमिकासित सहवास साथै प्राण घातक हमला गरेको आरोपमा प्रेमी पक्राउ

सिलगढी, 23 सितम्बर (निसं): भक्ति नगर थाना पुलिसले विवाहको प्रलोभन देखाएर महिलासित सहवास गर्नको साथै प्राणघातक हमला गरेको आरोपमा प्रेमीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीका नाम सुब्रतो दे (33) हो। तिनी भक्ति नगर थाना अन्तर्गत आशीघर इलाका निवासी हुन्।
प्राप्त जानकारी अनुसार रथखोलाका 32 वर्षीय सम्बन्ध भएका विच्छेद एकजना महिलाको आशीघर निवासी सुब्रतो देसँग 2020 मा सोशल मीडिया मार्फत परिचय भएको थियो। यो परिचय विस्तारै प्रेममा परिणत भयो। यसपछि महिलालाई विवाह गर्ने प्रलोभन देखाएर सुब्रतो दे-ले थुप्रै पल्टतिनीसित सहवास गरे। लगभग 4 वर्षसम्म सबै दुवै बीच ठीकठाक थियो। तर यही सितम्बर महिनामा सुब्रतो दे विवाहित रहेको कुरा महिलाले थाहा पाए। यसपछि सुब्रतो देले महिलालाई धोका दिएको भन्ने कुरालाई लिएर दुईमाझ विवाद शुरू भयो। उक्त महिलाले लगाएको आरोप अनुसार गत 11 सितम्बरमा सुब्रतो दे-ले तिनलाई एउटा सरप्राईज पार्टीको नाम गरेर नेपाली बस्ती स्थित एउटा गेस्ट हाउसमा बोलाए। महिला उक्त ठाउँमा पुगेपछि सुब्रतो देसित तिनको विवाद भयो। यस अवधि सुब्रतो देले तिनको टाउँकोमा बियरको बोतलले प्राणघातक हमला गरेको आरोप लगाइएको छ। तथापि, महिला त्यहाँबाट कुनै प्रकारले ज्यान जोगाएर भाग्न सफल भएपछि तिनले चिकित्सा गराए। यति मात्र नभएर, सुब्रतोले उक्त घटनाबारे कसैलाई पनि नबताउने धम्की समेत दिएका थिए। तर महिलाले 19 सितम्बरको दिन आफुसित भएको धोका अनि प्राण घातक हमला विरूद्ध भक्ति नगर थानामा एउटा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेको भक्ति नगर थाना पुलिसले आइतबार राति आशीघर पाइपलाइन इलाकाबाट आरोपी सुब्रतो देलाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *