विवाह समारोहको वहानामा करोडौं रुपियाँको ब्राउन सुगर तस्करी गर्ने योजना विफल, 4 महिलासहित 7 जना पक्राउ

सिलगढी, 1 मई (निसं): स्पेसल अपरेसन ग्रुप र मतिगढा थाना पुलिसको संयुक्त अभियानमा 4 किलो ब्राउन सुगरसहित 7 जनालाई पक्राउ गरिएको छ, जसमा ४ जना महिला पनि सामेल छन्।
जानकारी अनुसार यी सबै व्यक्तिहरूलाई बिहे समारोहबाट फर्कने क्रममा पक्राउ गरिएको हो। पक्रा पर्नेहरूमा सलीमा खातुन, ब्यूटी खातुन, अनोआरा खातुन, आलिमा खातुन, मोहम्मद तामिरुल, मोहम्मद रोशन र मोहम्मद सामिरुल रहेका छन्। उनीहरू सबै फाँसीदेवाको निजबारी क्षेत्रका वासिन्दा हुन्।
आरोपीहरूले विवाह समारोहको बहानामा करोडौं मूल्यको ब्राउन सुगर तस्करी गर्ने योजना बनाएका थिए। तर, गोप्य सूचनाको आधारमा स्पेशल अपरेसन ग्रुप र मतिगढा पुलिसले अभियान चलायो। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल नजिक सुनसान स्थानमा आशंका लागेपछि एउटा वाहन रोकेर छानबिन गर्दा वाहनको डिक्कीबाट 4 किलो ब्राउन सुगर उद्धार भएको छ, जसको बजार मूल्य झन्डै 5 करोड भारतीय रुपियाँ रहेको बताइएको छ।
यस मामिलामा वाहनमा सवार 7 जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। यसको साथै वाहन, मोबाइल फोन र केही नगद रूपियाँ उद्धार गरिएको छ। पक्रा परेका सबै एक-अर्काका आफन्त रहेको बताइएको छ। मालदाको कालियाचकबाट ब्राउन सुगर ल्याइएको थियो। आज सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरेपछि रिमाण्डमा लिइएको छ। हाल पुलिसले घटनाको थप जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *