राजगञ्ज : अनियन्त्रित भएर एउटा वाहन आमबारी-गजलडोबा टिस्टा क्यानलमा पस्दा चालक घाइते भएका छन्। प्राप्त जानकारीअनुसार सेनाका मेजर साकेत रञ्जन आज वाहनमा सवार भएर सिलगढीबाट गजलडोबातर्फ गइरहेको समय सिमुलबारी इलाकामा वाहन अनियन्त्रित भएर टिस्टा क्यानलमा पसेको बताइएको छ। स्थानीय मानसिहरूको सहयोगमा तिनलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर राजगञ्जको मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर वाहन उद्धार गर्नको साथै जाँच शुरू गरेको बताइएको छ।