राजगञ्ज : वाहनको चक्का खोलिएपछि वाहन अनियन्त्रित भएर जलाशयमा पल्टिँदा 3 जना घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको करतोआ संलग्न बलायगछ इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा वाहन जलपाईगढीबाट सिलगढीतर्फ गइरहेको समय अचानक वाहनको चक्का खोलिएपछि वाहन अनियन्त्रित भएर सडक किनारको जलाशयमा पल्टियो। घटनामा वाहनमा सवार 3 जना घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। राजगञ्ज थाना पुलिसले वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।