गान्तोक: उत्तर सिक्किमको जेमामा आज बिहान भएको दुःखद सैन्य वाहन दुर्घटनामा सेनाका 16 जना जवान सहिद भएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्। तिनले आफ्नो फेसबुक पेजमार्फत शोक व्यक्त गर्दै सहिदहरूको आत्माशान्तिको प्रार्थना गर्नको साथै शोकाकूल परिवार, ईष्ट-मित्र अनि आफन्तहरूप्रति समवेदना प्रकट गरेका छन्। यसैगरी, दुर्घटनामा घाइते भएकाहरूप्रति पनि शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
