वाहनको पेनल्टी तिर्नेहरूले आ-आफ्नो सेण्डीकेटमा झट्टै लिस्ट बुझाउने अपील

दार्जिलिङ : पहाड़ तराई संयुक्त परिवहन महासंघको सभापति प्रदीप लामाले आज दार्जीलिङमा पत्रकार भेलामा आफुले दार्जिलिङको आरटीओ-सित सभा गरेको बताएका छन्। तिनले उक्त सभामा भएको कुराकानी विषयमा विस्तृत जानकारी गराउँदै गत अप्रेल, मई, जून र जुलाई महिनामा जीटीए क्षेत्रका जति पनि गाड़ीहरूले पेनल्टी तिरेका छन्, त्यो अहिले एकजस्टमेन नभएको बताएका छन्। यसको साथै तिनले पेनल्टी तिर्नेहरू सबैले आ-आफ्नो सेण्डीकेटमा झट्टै रूपियाँ तिरेको लिस्ट आउँदो आइतबारसम्म बुझाउनु पर्ने सुझाउ दिएका छन्। सभापति प्रदीप लामाले जति जनाले पनि पेनल्टी तिरेका छन् तिनीहरूको अर्को क्वाटरमा एकजस्टमेन हुने भएको बताएका छन्। त्यसैले तिर्ने जति सबैले आफ्नो वाट्सएप्स नम्बरमा लिस्ट पठाउने आह्वान पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet