‘याश’ तुफानबारे सिलगढी नगरनिगममा महत्वपूर्ण बैठक, दार्जिलिङ र कालेबुङ जिल्लामा पनि अलर्ट

सिलगढी : सिलगढी नगरनिगममा आज प्रशासक मण्डलीले याश तुफानबारे एउटा महत्वपूर्ण बैठक गर्यो। सिलगढी नगरनिगमको प्रशासक गौतम देवले आज विभिन्न विभागका अधिकारीहरूसित याश-लाई लिएर घण्टौँसम्म  चर्चा परिचर्चा गरे। बैठकको अन्तमा प्रशासक गौतम देवले आगामी मंगलबारदेखि दुई दिनको अवधिमा उत्तरबंगालको विभिन्न जिल्लाहरूमा याश-को व्यापक प्रभाव पर्ने मौसम विभागले चेताउनी दिएको बताए। उक्त याश-बाट बाँच्नको निम्ति सिलगढी नगरनिगमको पक्षबाट अग्रिम तयारीलाई लिएर बैठकमा चर्चा गरियो। विशेष गरेर अति आवश्यक पिउने पानीको आपूर्ति सामान्य राख्नको लागि नगरनिगमको तर्फबाट धेरैवटा पानीको ट्याङ्कर तयार राखिने भएको छ। यसको साथै पीएचई विभागले लगभग एक लाख पानीको प्याकेट तयार गरिरहेको तिनले बताए। यदि उक्त याश तुफानले नोक्सान पुर्‍यायो भने ती ठाउँहरूमा यी पानीको प्याकेटहरू पुर्‍याइनेछ। यसबाहेक नगरनिगममा एउटा कन्ट्रोल रूम पनि खोलिइने भएको साथै खाद्य सामग्रीहरू पनि संग्रहित गरिरहेको बताइएको छ। तिनले अझ भने, यदि हुरी-बतास चलेर रुखहरू लड्यो भने पनि तत्काले ती रुखहरू काटेर यातायात सामान्य पार्ने प्रयास गरिनेछ। भोलि फेरि यसलाई लिएर सिलगढी नगरनिगममा एउटा बैठक गरिने भएको छ।


अर्कोतिर, मौसम विभागले दिएको जानकारीअनुसार भोलि मंगलबारको दिन उत्तरबंगालको दार्जिलिङ र कालेबुङ जिल्लाको कतिपय ठाउँहरूमा अधिक वर्षा हुने सम्भावना रहेको छ। यसैगरी, बुधबार 26 मईको दिनमा पनि दार्जिलिङ र कालेबुङ जिल्लाको केही ठाउँहरूमा अधिक वर्षा हुनको साथै बिजुली चम्किने, गड्याङगुड्युङ हुने तथा तीव्र वेगमा हावा चल्न सक्ने सम्भावना रहेको चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş