युवकको रूखमा झुन्डिएको अवस्थामा शव उद्धार  

फुलबारी (निसं)। एकजना युवकको शव घर नजिक रूखमा झुन्डिएको अवस्थामा उद्धार गरिएको छ। घटना बिहिबार बिहान फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पुटीमारी संलग्न बाङ्ग्ला बस्ती इलाकामा घटेको हो। मृतक युवकको नाम राम प्रसाद (28) हो। सूत्र अनुसार राम प्रसाद राजमिस्त्रीको काम गर्दथे। घरमा तिनका माता-पिता, पत्नी र दुई जना नानीहरू छन्। राम प्रसादलाई हरेक दिन रक्सी पिउने आदत भइसकेको थियो। बुधबार राति पनि  राम प्रसाद  मातेको अवस्थामा घर आएका थिए। यसपछि घरमा झगडा भएको थियो। आज बिहान परिवारका सदस्यहरूले राम प्रसादको शव घर नजिकको एउटा रूखमा झुन्डिरहेको अवस्थामा देखे। यसपछि घटनाबारे एनजेपी थाना पुलिसलाई सूचना दिए। सूचना पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş