युवतीसित अश्लील व्यवहार गरेको आरोपमा बुजुर्ग व्यक्ति पक्राउ

सिलगढी (निसं): युवतीसित अश्लील व्यवहार गरेको आरोपमा महिला थाना पुलिसले एकजना बुजुर्ग व्यक्तिलाई पक्राउ गरेको छ।  पक्रा पर्ने आरोपी 63 वर्षीय एमडी तस्लीम हुन्। तिनी सिलगढी नगर निगमको 7 नम्बर वार्डको स्वामी नगर कलोनी निवासी हुन्।


प्राप्त जानकारी अनुसार, गत 20 तारीख 7 नम्बर वार्डमा टाइम कलमा पानी भर्ने विषयलाई लिएर नानीहरूसित विवाद भेको थियो भने हेर्दा हेर्दै उक्त विवाद बढेर गयो। यस अवधि एमडी तस्लीमले एकजना युवतीसित अश्लील व्यवहार गरेको आरोप लगाइएको छ।  युवतीको लुगा समेत च्यातिदिएको बुजुर्ग माथि आरोप रहेको छ। उक्त घटना पछि पीडित परिवारको तर्फबाट सिलगढी महिला थानामा बुजुर्ग विरूद्ध एउटा लिखित अभियोग दर्ता गरिएको थियो। घटना पछि उक्त बुजुर्ग चम्पट कसेका थिए। अन्तमा घटनाको तीन दिन पछि महिला थाना पुलिसले बिहिबार राति आरोपीलाई पक्राउ गरेको छ। आज आरोपी बुजुर्गलाई महिला थाना पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *