युवा विद्यार्थीहरूको संस्था ईभान फाउन्डेसन-द्वारा 32औँ नेपाली भाषा मान्यता दिवस पालन

खरसाङ (निसं): युवा विद्यार्थीहरूको संस्था ईभान फाउन्डेसनले आज 32औँ नेपाली भाषा मान्यता दिवस पालन गर्यो। ईभान फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा खरसाङका विभिन्न स्कुलका नेपाली भाषा शिक्षक-शिक्षिकाहरू, खरसाङका युवा साहित्यकार तथा विधार्थीहरू उपस्थित थिए। कार्यक्रमको मुख्य उद्देश्य नेपाली भाषामा निरन्तर योगदान पुर्‍याउने शिक्षक शिक्षिकाहरूलाई सम्मान तथा युवा पिँढीलाई भाषा मान्यता विषय जानकारी दिनु रहेको बताइएको छ।


उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार शम्भु राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन ईभान फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले गरे। कार्यक्रममा नेपाली भाषाको विषयमा चर्चा पनि गरियो। कार्यक्रममा रामकृष्ण स्कुल, सन्त अल्फल्सेस स्कुल, आदर्श स्कुल तथा ग्लेनहिल पब्लिक स्कुल अनि गुडविन मोडन स्कुलका शिक्षकहरू, विद्यार्थीहरू अनि द कडबाट पंकज शास्त्री पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *