युवा कांग्रेसको तर्फबाट दार्जिलिङका डीएमलाई ज्ञापन

सिलगढी : दार्जिलिङ जिल्ला युवा कांग्रेसको तर्फबाट आज जिल्लाशासक एस पन्नमबलमलाई एउटा सात सुत्रीय ज्ञापन चढाएको छ। उक्त ज्ञापनमा युवा कांग्रेसको तर्फबाट लकडाउन अवधि गरिब मानिसहरूको 3 महिनाको बिजुली बील माफ गरिनुपर्ने, स्कुलको फीस लगायत बस, खेलकुद तथा अन्य शुल्कहरू माफ गरिनुपर्ने उत्तरबंगाल मेडिकल कलेजमा कोरोनाको टेस्ट ज्यादा भन्दा ज्यादा गरिनुपर्ने साथै चाँड़ै त्यसको टेस्ट रिपोर्ट दिनुपर्ने, मेडिकल कलेजमा केवल दार्जिलिङ जिल्लाका रोगीहरूलाई मात्र चिकित्सा गरिनुपर्ने लगायत अन्य मागहरू सामेल रहेको बताइएको छ। दार्जिलिङ जिल्ला युवा कांग्रेस अध्यक्ष रोहित तिवारीले बताएअनुसार आज पार्टीको तर्फबाट डीएमलाई भेटेर एउटा ज्ञापन सुम्पिएको छ। ज्ञापन पत्र चढाएपछि डीएमले उक्त मागहरूलाई लिएर 15 दिनको समय मागेको तिनले बताए। यदि उक्त अवधिसम्म यसको समाधान नभए युवा कांग्रेसको तर्फबाट आन्दोलन गर्ने अध्यक्ष रोहित तिवारीले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş