युवा मोर्चाद्वारा बड़ा पुबोङ चियाबारीमा सेनिटाइज गर्नको साथै मास्कहरू वितरण

टिस्टा भेल्ली: गोजमुमो विनय अनित खेमा केन्द्रीय समिति युवा मोर्चा सहसचिव अतित गुरूङको नेतृत्वमा आज तकदाह टिस्टा भेल्ली समष्टी अधिनिस्थ बड़ा पुबोङ चियाबारीमा युवा मोर्चा तथा कमानको सयोगमा सेनिटाइजर गर्नको साथै मास्कहरू पनि वितरण गरियो। युवा मोर्चाका नेता अतित गुरूङ स्वयम् कोरोना संकेरमित भएर 17 दिनसम्म होम आइसुलेसन बसेपछि हाल तिनीसितै गाउँका 16 जना निको भएका छन्। यसपछि तिनले अब उसो गाउँघर र आफ्नो समष्टि क्षेत्रका मानिसहरू कोरोना महामारीको प्रकोपमा नपरोस् भनि सुरक्षित बस्ने आह्वान गरेका छन्। तिनले आफ्नो पार्टी विनय अनित खेमा गत विधानसभा चुनाउमा पराजित भए तापनि सँधै जनताको दुःख सुखमा साथ रहने जनाएका छन्। पुबोङ कमानका प्रबन्धक रूद्र शर्मा, पुबोङ डिभिजनका बिधान राई र गार्डन बाबु श्याम थापा र कुलैन बाबु उमेश गुरूङलाई मसिन र सेनिटाइजर दिएकोमा तिनले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *