खरसाङ : गोर्खा जनमुक्ति युवा मोर्चाको तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गरियो। युवा मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा तीनधारेको 20 माइलस्थित स्मृति वनमा युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष निरेन लामाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सञ्चालन गर्दै बिपन विश्वकर्माले सभाको मुख्य उद्देश्य विषयमा बताए। सभालाई युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङ, महकुमाको प्रचार प्रसार सचिव रोशनहाङ सुब्बा, युवा मोर्चाका तीनधारे महानदी समष्टिका संयोजक प्रकाश थापा, महकुमा सदस्य अमीर प्रधान, रञ्जित थापा आदिले पनि सम्बोधन गरेका थिए। यसै सभामा युवा मोर्चाका तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति केवल राई, कार्यकारी सभापति निखिल छेत्री, उप सभापति कपिल सुब्बा, सञ्जीव सुब्बा, रोहित दर्जी, सचिव सञ्जीव मगर, सह सचिवमा जलदीप छेत्री, प्रकाश थापा, समीर प्रधान, सांगठनिक सचिव सोनाम लामा र अमर गुरुङ, कोषाध्यक्ष बिशन सेवा, सह कोषाध्यक्ष रञ्जित तामाङ, सल्लाहकारमा राजु छेत्री, पुरण लामा, निर्मल तामाङ, उपेन राई, समीर आदिलाई चयन गरियो।