कालेबुङ : युवा स्रष्टा सङ्गम सुधाको दुईवटा नयाँ कृति ‘छन्दारम्भ नवीन मध्य‘ (छन्द परिचय अनि छन्द कविता संग्रह) अनि ‘क्षितिज छुन खोज्दा खोज्दै‘ (कविता संग्रह)-को विमोचन हुने भएको छ। कालेबुङको कुमुदिनी होम्समा आगामी 22 जनवरी शनिबारको दिन यी दुईवटा कृतिको विमोचन गरिने भएको छ। उक्त कार्यक्रममा सङ्गम सुधाको विमोचित कृतिहरूमाथि पुस्तक चर्चा पनि गरिने भएको छ। उक्त पुस्तक चर्चामा जनार्दन थापा, जय क्याक्टस, पवित्र लामा आदिले सहभागी जनाउनेछन् भने मध्यस्थता कवि टिका भाइले गर्ने भएको छ। स्रष्टा सङ्गम सुधाको दुईवटा नयाँ कृतिहरू ‘क्षितिज छुन खोज्दा खोज्दै (कविता सङ्ग्रह) र छन्दारम्भ नवीन मध्य (छन्द कविता संग्रह)-को विमोचन 22 जनवारी 2022 कुमुदिनी होम्स, कालेबुङमा सबैलाई उपस्थितिको लागि आह्वान् गरिएको छ। स्रष्टा सङ्गम सुधाको योभन्दा पहिला पहिलो कृतिको रूपमा ‘असिनाको फूल‘ नामक गजल संग्रह 2021 मै प्रकाशित छन्। तिनले आफ्नो पहिलो रचना कविताको रूपमा कक्षा 4 मा पढ्दा नै लेखेका थिए। स्रष्टा सङ्गम सुधाको रचनाहरू हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, हिमाली बेला, गोर्खा पत्रिका, दैनिक मिरमिरे, सम्प्रेषण, युवा मञ्च, कटेरो, अक्षरा (जापान), नेपाल आदिमा प्रकाशित भइसकेका छन्।
