नक्सलबारी, 10 फरवरी (निसं): जङ्गलबाट निस्केर एउटा हरिण आवासीय क्षेत्रमा प्रवेश गरेको थियो। नक्सलबारीको हातिघिसा क्षेत्रको हुचाईमल्लिक जोतमा स्थानीयहरूले उक्त हरिणलाई उद्धार गरे। स्थानीय मानिसहरूको अनुमान अनुसार हरिण कालाबाडी जङ्गलबाट आवासीय क्षेत्रमा आएको थियो। स्थानीय मानिसहरूले हरिणलाई उद्धार गरेर वन विभागलाई सूचित गरे। यसपछि बाघडुग्रा वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त हरिणलाई उद्धार गरे।
यस सम्बन्धमा बाघडुग्रा वन विभागका रेञ्जर सोनम भूटियाले भने, हरिणको शरीरमा कुनै चोट छैन तर, हरिण डराएको छ। स्वास्थ्य परीक्षण गरेपछि हरिणलाई घना जङ्गलमा छोडिने छ।
