बाईकको चालानको पैसा नदिएर ट्राफिक पुलिससित धक्का-मुक्की गरेको आरोपमा युवक पक्राउ

सिलगढी, 27 दिसम्बर: चालानको पैसा नदिनका साथै ट्राफिक पुलिससँग धक्का-मुक्की गरेको आरोपमा सिलगढी थानाको पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। आरोपीको नाम आयुष जजोदिया हो। उनी सिलगढी नयाँ बजार क्षेत्रका निवासी हुन्। प्राप्त जानकारी अनुसार, गत राति जलपाईमोडको नजिक हेलमेट नलगाई बाइक चलाइरहेको अवस्थामा एएसआई ट्राफिक अफिसर विपुल बर्मनले युवकलाई रोकेर कागज मागे। बाईकको आवश्यक कागज नदेखाएको साथै बिना हेलमेट बाइक चलाएर ट्राफिक नियम उल्लंघन गरेको आरोपमा युवकलाई 3 हजार रुपियाँको चालान काटिएको थियो। उक्त घटना पछि युवकले रिसाएर चालान काटेका एएसआई ट्राफिक अफिसर विपुल बर्मनसँग धक्का-मुक्की गर्न थाले। यस घटनापछि ट्राफिक अफिसरले सिलगढी थानामा लिखित उजुरी दर्ता गरे। त्यसपछि सिलगढी थानाले घटनाको जाँच गर्दै युवकलाई पक्राउ गरे। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes