शोभायात्राको माध्यम सिलगढी 10 नम्बर वार्डमा वार्ड उत्सव “नवोदिगंत” शुरु

सिलगढी, 4 जनवरी (निसं): सिलगढीको 10 नम्बर वार्डमा वार्ड उत्सव “नवोदिगंत 2025” को आजदेखि शुभारम्भ भएको छ। वार्ड उत्सवको शुरुआत शनिवार बिहान प्रभात फेरि लगायत विभिन्न कार्यक्रमहरूसँको साथमा गरियो। स्थानीय वार्ड पार्षद कमल अग्रवालले रंगारंग शोभा यात्रासहित वार्ड उत्सवको पनि विधिवत् उद्घाटन गरे। यस अवसरमा वार्ड सचिव मनोज वर्मा, प्रियजन सोसल वेलफेयर सचिव अरिन्दम सान्याल, आत्मज स्वयंसेवी संगठनका सचिव वीणा चक्रवर्ती तथा अन्य व्यक्तिहरू उपस्थित थिए। प्रभात फेरि महाकालपल्ली मैदानबाट शुरु भएर वार्डका विभिन्न क्षेत्रहरूको परिक्रमा गरी पुनः महाकालपल्ली मैदानमा समाप्त गरियो। वार्ड पार्षद कमल अग्रवालले भने, आज वार्ड उत्सवको शुरुआत भएको छ र यो उत्सव 15 जनवरीसम्म चल्नेछ। उत्सव अवधि नृत्य, गीत, कविता सहित अन्य विभिन्न प्रतियोगिताहरू आयोजना गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobetsezarcasinoslotramatadorbet Built with ❤︎ by appycodes