सिलगढी, 1 मई: सिलगढी राउण्ड टेबल 220 र सिलगढी लेडिज सर्कल 140 को पहलमा सिलगढी क्लबमा पौडी प्रतियोगिता ‘स्वीमाथन’ को आयोजना गरिएको छ।
बिहीबार सिलगढी ईस्टर्न बाइपास नजिकै रहेको सिलगढी क्लबमा सम्पन्न यस प्रतियोगितामा विभिन्न उमेर समूहका तैराकीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता चार विधामा सञ्चालन गरिएको थियो, जसमा फ्रिस्टाइल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरफ्लाइ स्ट्रोक सामेल छन्।
आयोजकको तर्फबाट विजेताहरूलाई मेरिट प्रमाणपत्र साथै पदक प्रदान गरियो। यसको साथै यस पौडी प्रतियोगितामा अंशग्रहण गर्नेहरू सबै जनालाई प्रमाणपत्र वितरण गरियो।
