सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए।
डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर जान सकेका छैनन्, तर अब उनीहरूलाई आफ्नै घरमा प्रसाद प्राप्त हुँदा निक्कै खुशी लागेको छ।” यस पहलले स्थानीय वासिन्दाहरूसँगको आध्यात्मिक सम्बन्ध अझ बलियो हुने उनले आशा व्यक्त गरेका छन्।
